Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नवलपरासीमा हजुरबुवा र नातीको हत्या, अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाइयो

    नवलपरासीमा हजुरबुवा र नातीको हत्या, अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाइयो

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 654
    SHARES

    नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुबा र नातीको हत्या भएको छ । गएराति अन्दाजी १ – २ बजेको समयमा ६५ वर्षीय अक्षयलाल चमार र उनका ११ वर्षीय नाती गौचरण चमारको घरमै हत्या भएको हो ।

    सुस्ता गाउँपालिका–३ स्थित नारायणी नदीको ठोकर नं. ५ छेउ नजिक उनीहरुको छाप्रोको घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।



    मृतक अक्षयलाल दुई नाती, एक नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए । पछिल्लो समय छोरा रोजगारीका लागि भारत गएको र बुहारी पनि एक नाती र एक नातिनी लिएर भारत माइती घरमा गएकी थिइन् ।



    एक नाती गौचरण भने मृतक अक्षयलालसँगै बस्दै आएका थिए । हत्यापछि उनीहरुको शव हत्याराले आँगनमा ल्याएर राखेको प्रहरीले जनाएको छ ।

    घटनास्थल रगताम्य देखिएकाले धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान गर्न प्रहरीले भैरहवाबाट कुकुर झिकाएकाको छ । प्रहरीले घटनास्थललाई घेरा हालेर अजुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार