Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पाल्पा जिप दुर्घटना अपडेट : ३ पुरुष र ५ जना महिलाको मृत्यु, १८ घाइते

    पाल्पा जिप दुर्घटना अपडेट : ३ पुरुष र ५ जना महिलाको मृत्यु, १८ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 921
    SHARES

    बुटवल । पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ३ जना पुरुष र ५ जना महिला रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएका छन् ।



    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासले जनाएको छ ।



    मृतक र घाइतेको भने सनाखत भएको छैन । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो ।

    दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका छन् । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार