Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ड्युटीमा खटिएका बेला गोली लागेकी महिला प्रहरीको मृत्यु, गोली हान्ने श्रीमान पनि प्रहरी

    ड्युटीमा खटिएका बेला गोली लागेकी महिला प्रहरीको मृत्यु, गोली हान्ने श्रीमान पनि प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 6.7K
    SHARES

    दाङ । दाङमा गोली लागेर घाइते भएकी महिला प्रहरी धनमाया थापाको मृत्यु भएको छ ।

    घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् ।



    श्रीमान पनि प्रहरी नै रहेको खुलेको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्याका थिए ।



    यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार