Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाल प्रहरीका सात एसपीको काज सरुवा, को कहाँ पुगे ?

    नेपाल प्रहरीका सात एसपीको काज सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 8.5K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालको मानवस्रोत विभागले सात जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ।

    मानव स्रोत विभागले एसपीहरू श्यामसिंह चौधरी,विनोद सिलवाल,विमल बस्नेत, वीरेन्द्र शाही, विमलराज कँडेल, बालनरसिंह राणा र नान्तीराज गुरुङको काज सरुवा गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी चौधरीलाई पठाइएको छ । सर्वोच्च अदालत सुरक्षा कार्यालयमा सिलवाल, संसद्को मर्यादापालक प्रमुखमा बस्नेत र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा एसपी शाहीलाई सरुवा गरिएको छ ।



    एसपी कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, राणालाई महिला बालबालिका निर्देशनालय र एसपी गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार