Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं महानगरले ओमसहित चार अस्पतालको फोहोर संकलन नगर्ने

    काठमाडौं महानगरले ओमसहित चार अस्पतालको फोहोर संकलन नगर्ने

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 600
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चार वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ ।

    महानगरले कलंकीस्थित सहिद मेमोरियल, नेपाल नेसनल, चाबहिलको दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो।



    महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आज अनुगमन गरेको थियो ।



    ती अस्पतालहरूमा फोहोर छुट्याउने मापदण्ड पालना नगरेको, निसंक्रमित गर्ने प्रक्रिया गलत भएको, वातावरणीय प्रदूषण फैलाउने गरी फोहोर संकलन गरी राखिएको पाइएको थियो ।

    यसअघि महानगरले कान्ति बाल अस्पताल, एभरेस्छ अस्पताललगायतमा पनि फोहोर संकलनमा रोक लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार