Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मिटरब्याज पीडितलाई सञ्चारमन्त्री शर्माले भनिन् – काठमाडौंमा दुःख पाउनुभन्दा सम्बन्धित ठाउँमा गएर समाधान खोज्नुस्

    मिटरब्याज पीडितलाई सञ्चारमन्त्री शर्माले भनिन् – काठमाडौंमा दुःख पाउनुभन्दा सम्बन्धित ठाउँमा गएर समाधान खोज्नुस्

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 423
    SHARES

    काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरुको सम्बन्धमा सरकार संवेदनशील रहेको बताएकी छन् ।

    मन्त्रिपरिष्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले मिटरब्याज पीडितहरूको सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै जिल्ला प्रशासनमार्फत समस्याको समाधान हुने बताईन् ।



    उनले काठमाडौं आएर दुःख पाउनुभन्दा सम्बन्धित ठाउँमा गएर समाधान खोज्न सुझाव दिए।

    यसले ठुलो समस्या समाधान भएको भन्दै उनले भनिन्, ‘पूर्ण रुपमा समाधान भइसक्यो भन्ने होइन । कतिपय कानुनी÷अदालती प्रक्रियामा अड्किएका छन् । कतिपय समाधान गर्न बाँकी पनि छन् ।’

    शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गर्ने प्रयास पूर्णरूपमा सफल नभए पनि बाँकी समस्या सरकारको पहलमा नै समाधान गर्ने उनको भनाइ छ।

    सञ्चारमन्त्री रेखा शर्माले कानुन बनाउनुका साथै शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गने प्रयास गरेको बताईन् ।

    अहिले पनि सरकारले सम्वाद थालिसकेको र सीडीओ कार्यालयमा समिति बनाएर सम्बोधन गर्ने प्रयत्न भइरहेको बताईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार