Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं महानगर कै क्यान्टिनमा बासी खाना !

    काठमाडौं महानगर कै क्यान्टिनमा बासी खाना !

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 789
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन नारायणी चमेना गृहमा बासी खाना भेटिएको छ ।

    क्यान्टिनको खानाका विषयमा गुनासा आएपछि अनुगमन गर्दा पकौडा बासी पाइएको तथा बासी खाना खुवाउने गरेको पाइएको हो ।



    उसलाई कारबाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ । महानगरका अनुसार मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो ।



    अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार