Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्थानीय तहका २६ पदमा उपनिर्वाचन

    स्थानीय तहका २६ पदमा उपनिर्वाचन

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 2.1K
    SHARES

    काठमाडौँ । स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिए । उनले दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त भएका पदमा उपनिर्वाचन गर्न सकिने बताए ।



    पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ ।



    आयोगका अनुसार जिल्ला समन्वय समितिको प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद रिक्त छन् ।

    निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधि सभा र प्रदेश सभाका दुवै पदको उपनिर्वाचन वैशाख १५ गते हुने घोषणा गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ ।

    स्थानीय तहमा रिक्त रहेको पदको उपनिर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले घोषणा गर्ने कानुनी व्यवस्था छ । सरकारले उपनिर्वाचनको मिति तय गरिसकेको छैन । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार