Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चको अग्राधिकार

    दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चको अग्राधिकार

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 603
    SHARES

    काठमाडौँ । दुर्गा प्रसाईँको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

    मेडिकल कलेज खोल्न आशयपत्र दिएर पनि सम्बन्धन नदिएको दाबीसहित व्यवसायी प्रसाईँले दायर गरेको रिटलाई सर्वोच्चले प्राथमिकतामा राख्न आदेश दिएको हो ।



    न्यायाधीशहरू कुमार रेग्मी र विनोद शर्माको इजलासले रिट निवेदनको विषयवस्तुको गम्भीरता र संवेदनशीलता हेर्दा छुटो टुङ्ग्याउनुपर्ने प्रकृतिको देखिएको भन्दै अग्राधिकार दिने आदेश दिएको हो ।



    सर्वोच्चले मेडिकल कलेजको सम्बन्धन जोडिएको यो रिटलाई अग्राधिकार दिएर ४ चैतमा पेशी तोक्न आदेश दिएको छ ।

    प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दायर गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार