Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी स्थायी समितिको बैठक फेरि दिउँसो १ बजेका लागि सर्‍यो

    माओवादी स्थायी समितिको बैठक फेरि दिउँसो १ बजेका लागि सर्‍यो

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 294
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकको समय फेरि सारिएको छ ।

    यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सरेको हो ।



    स्थायी कमिटी सदस्यहरूको कार्यविभाजन, पार्टीले शुरु गर्न लागेको हिमाल-पहाड-तराई अभियानको तयारी तथा समसामयिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको बताइएको छ ।



    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा प्रदेशका सरकारबारे पनि छलफल हुन सक्ने छ ।

    माओवादी केन्द्रले यसअघि गत फागुन २८ गतेलाई स्थायी कमिटी बैठक तय गरे पनि विकसित राजनीतिक घटनाक्रमका कारण बैठक स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार