Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा

    प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 291
    SHARES

    एजेन्सी । प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन् ।

    मुस्तफालाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका हुन्।



    प्यालेस्टाइनमा तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए ।



    त्यसपछि मुस्ताफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति अब्बासले चयन गरेका हुन् । उनले सन् २००५ देखि प्यालेस्टाइन प्राधिकरणको नेतृत्व गर्दै आएका छन् ।

    प्यालेस्टाइनमा राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार छ ।  मुस्तफाले गाजामा सन् २०१४ मा इजरायली आक्रमणपछि गाजाको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

    उनी प्यालेस्टिनी प्राधिकरणको आर्थिक मामिलासम्बन्धी सल्लाहकार थिए ।

    उनी प्यालेस्टाइन इन्भेस्टमेन्ट फण्डको बोर्ड सदस्य पनि थिए । यसबाहेक उनले विश्व बैंकमा उच्च पदमा पनि काम गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार