Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालसहित ४० देशमा रिलिज हुँदै ‘महाजात्रा’

    नेपालसहित ४० देशमा रिलिज हुँदै ‘महाजात्रा’

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 324
    SHARES

    काठमाडौं । चैत्र ९ बाट देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभरका ४० देशमा समेत रिलिज हुने भएको छ ।

    फिल्म विदेशका ४० देशमा गरेर २ सय ५० सहरमा रिलिज हुन लागेको हो । फिल्मको विदेश प्रदर्शन एमएसएम इन्टरटेन्मेन्टस्ले जिम्मा लिएको छ।



    एमएसएमका अनुसार फिल्म संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अस्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।



    यसका साथै, बेलायतमा रेगुलर वक्सअफिसमा प्रदर्शन हुने ‘महाजात्रा’ साउदी अरेबियामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दै छ । अर्थात् यस अगाडि साउदी अरेबियामा कुनै नेपाली फिल्म प्रदर्शन भएको छैन ।

    एमएसएम इन्टरटेन्मेन्टस् र मध्यपूर्व देशका वितरक कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसनको प्रयासले साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रूपमा ‘महाजात्रा’ प्रदर्शन गर्न लागेका हुन् ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन ‘महाजात्रा’ सफल फिल्म ‘जात्रा’को तेस्रो श्रृखला हो । फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलको अलावा हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार