Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ट्रेलरमा यस्तो देखियो ‘महाजात्रा’ (भिडिओ)

    ट्रेलरमा यस्तो देखियो ‘महाजात्रा’ (भिडिओ)

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 714
    SHARES

    काठमाडौं । नेपाली चलचित्र ‘महाजात्रा’को ट्रेलर रिलिज गरिएको छ। आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो।

    अनपेक्षित रूपमा प्राप्त पैसा, त्यसको व्यवस्थापनमा झेल्नुपर्ने समस्या र परिणाम ट्रेलरमा देखाइएको छ ।



    जिन्दगी व्यवस्थापनका निम्ति आवश्यक पैसा अनपेक्षित रूपमा कतै भेटिए त्यसले दिने समस्याको वरिपरि ट्रेलर घुमेको छ ।



    हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत चलचित्रका मुख्य कलाकार ट्रेलरमा देखिएका छन् ।

    म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्र प्रदीप भट्टराईको लेखन र निर्देशनमा तयार भएको हो ।

    आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्या चलचित्रको मुख्य कथानक हो ।

    चलचित्रमा हरिवंश, विपीन, रवीन्द्रसिंह, रवीन्द्र झा, वर्षासँगै अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङलगायत कलकारको अभिनय छ ।

    ‘महाजात्रा’ आउँदो चैत ९ गते नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज हुदैँ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार