Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रपति रामचन्द्र पौडेल आज किन जाँदै छन् महोत्तरी ?

    राष्ट्रपति रामचन्द्र पौडेल आज किन जाँदै छन् महोत्तरी ?

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 666
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी जाँदै छन् । राष्ट्रपति पौडेल महोत्तरीमा सालिक तथा शहीदको प्रतिमामा माल्यार्पण, अनावरण सहित धार्मिक स्थलमा विशेष पूजा अर्चना गर्न त्यसतर्फ जान लागेका हुन् ।

    पिपरा गाउँपालिका स्थित स्व. रामनारायण मिश्रको सालिकमा माल्यार्पण गरिने छ ।



    राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरी सदरमुकाममा जलेश्वर पुगेर १२ महिना जलमा विराजमान रहने जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन तथा विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।



    त्यसैगरि जलेश्वर नगरपालिका –५ चौरियामा नव निर्मित उद्यान को समुद्घाटन तथा प्रजातान्त्रिक योद्धा स्व. गणेश नेपालीको प्रतिमा अनावरण कार्यक्रम र सम्बोधन पश्चात् महोत्तरीको मटिहानी स्थित श्री राम माध्यमिक विद्यालयमा स्थित स्व. केशव कोइरालाको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ ।

    सँगै धार्मिक धरोहर स्थलको रूपमा परिचित मटिहानीको लक्ष्मी नारायण मठमा पूजा अर्चना गर्नुका साथै संस्कृत विद्यालय मटिहानीको अवलोकन भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार