Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नर्सिङको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण

    नर्सिङको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 345
    SHARES

    काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

    परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको हो ।



    पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् ।



    जसमा पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

    यता,बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार