Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महरालाई पक्राउ गरेपछि गगनले दिए सरकारलाई धन्यवाद

    महरालाई पक्राउ गरेपछि गगनले दिए सरकारलाई धन्यवाद

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 543
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासीन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको सरकारलाई धन्यवाद दिएका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिए ।



    महामन्त्री थापाले भने, ‘शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’



    सुन छानबिन आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न नहुने भन्दै सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार