Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वैदेशिक रोजगार बोर्डमा ब्रम्हलुट, खरिद ऐनबिपरीत मेला आयोजना

    वैदेशिक रोजगार बोर्डमा ब्रम्हलुट, खरिद ऐनबिपरीत मेला आयोजना

    परराष्ट्रका अधिकारीको पनि मिलेमतो

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 810
    SHARES

    काठमाडौं । बैदेशिक रोजगार बोर्डले अबुधावीमा रोजगार मेलाका लागि राजदूतावासमार्फत् सोझै भुक्तानी गरी सार्वजनिक खरिद ऐनको धज्जी उडाएको छ ।

    बोर्डको वार्षिक कार्यक्रम अनुसार रोजगार मेलाको प्रचार प्रसारका लागि स्वदेश तथा विदेशका पाँच ठाउँमा मेला गर्नेगरी १ करोड ५० लाख रुपैयाँको बजेट बिनियोजन गरिएको थियो ।



    जसमा ६० लाख रुपैयाँ अबुधाबीमा खर्च गर्ने गरी बनाइएको कार्यक्रम स्वीकृत गराई स्टल बुक, ट्रान्सपोर्टेसन, भाडा, भ्रमण खर्च र पदाधिकारीहरुको खाना र बस्नका लागि विनियोजित थियो ।



    प्रचलित कानून बमोजिम गर्ने भनी निर्णय गरी कानून बिपरीत गरिएको यो कार्य अनियमतिताको परकाष्टा भएको सार्वजनिक खरिद ऐन कार्यालयकै कर्मचारीहरु बताउँछन् ।

    निर्णयमा प्रचलित कानून बमोजिम खर्च गर्ने भनिएकोमा किन प्रतिस्पर्धा नगराई परराष्ट्र मन्त्रालयमार्फत् अन्तर्गत नेपाली राजदूतावास अबुधावीलाई खर्च गर्ने अख्तियारी दिइयो रु बोर्डको निर्णयमा उल्लेख नै नभई गरिएको यो कार्यप्रति गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।

    वैदेशिक रोजगार बोर्डको २०८० माघ २३ गते बसेको ८१ औं बैंठकको निर्णय नम्बर ७ मा भनिएको छ ‘२०२४ को मार्चमा युनाइटेड स्टेट इमिरेट्सको दुबई सहरमा बोर्डको सम्बन्धित शीर्षकबाट प्रचलित कानून बमोजिम हल एवं स्टल भाडा र सरकारी अधिकारीहरुको भ्रमण खर्चसमेत गरी अधिकतम रु ४० लाखको सीमाभित्र रही खर्च गरी जब फेयर आयोजना गर्ने ।’

    त्यसैगरी बैदेशिक रोजगार बोर्डको मिति २०८० साल फागुन १५ गते बसेको ८२ औं बैठकबाट निर्णय नम्बर ४ मा भनियो–’२०८० साल फागुन १९ गते तदनुसार २ मार्च २०२४ मा युनाइटेड अबर इमिरेट्सको दुबई सहरमा हुने जब फेयरमा बोर्डको तर्फबाट ब्ययभार हुनेगरी निम्न अनुसार पदाधिकारीहरुलाई सहाभागिता जनाउने र बोर्डको कार्य सञ्चालन निर्देशिका, २०६८ को दफा २८ २ बमोजिम निजहरुलाई काज खटाउने निर्णयका लागि तत्तत् निकायमा सिफारिस गर्ने । अघिल्लो बैठकको निर्णय अनुसार जब फेयरका लागि तोकिएको बजेट सीमाले नपुग हुने भएमा नियमानुसार लाग्ने दैनिक तथा भ्रमण खर्च एवं स्टल र हलभाडासमेत गरी लाग्ने थप रकम समेत गरी प्रचलित कानूनबमोजिम अधिकतम ६० लाख रुपैयाँसम्म खर्च गर्ने ।’

    जब फेयरका लागि बोर्डका अध्यक्ष तथा श्रम मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, सदस्य सचिव द्वारिका उप्रेती, बोर्डकी सदस्य मिनाक्षी ठाकुर र अर्का बोर्ड सदस्य दुर्गा प्रसाद खतिवडाको सहभागिता थियो ।

    उनीहरु सचिव सरहले मात्रै बिजनेस सिटको टिकट पाउने भएपछि सबैजनालाई ‘उल्फाको धन फूपूको श्राद्ध’ भने जस्तै बिजनेस क्लासकै काटिएको थियो । एउटै कार्यक्रममा मन्त्री सचिव र कार्यकारी निर्देशक सबैजनाको ग्रुप गएर राज्यको करबाट भत्ता खाएका उनीहरुले मस्ती गरेका थिए ।

    त्यसैगरी फागुन १५ गते बोर्ड सदस्यमा नियुक्ति पाएकी डा। मिनाक्षी ठाकुर १९ गते नै बिजनेस क्लासबाट राज्यको सम्पत्तिमा सयर गर्ने मौका प्राप्त गरिन् । उनी तमलोपाका अध्यक्ष महन्थ ठाकुरकी छोरी हुन् ।

    ठाकुरले छोरीको विवाह गर्दा सम्धिनी इन्दिरा झालाई सभासद् पद दाइजो दिएको समाचार माध्यमले जनाएका थिए ।

    प्रचलित कानून बमोजिम नभई किन दूतावासमार्फत् सार्वजनिक खरिद् ऐन बिपरीत ६० लाख खर्च गरिएको हो भन्ने विषयमा वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकालसँग प्रतिक्रिया माग्दा उनले भने ‘आज सार्वजनिक बिदा छ भोलि कार्यालय समयमा फोन गर्नु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार