Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेस महामन्त्री थापाले चैत १५ बाट ‘संवाद यात्रा’ पुनः सुरु गर्ने

    कांग्रेस महामन्त्री थापाले चैत १५ बाट ‘संवाद यात्रा’ पुनः सुरु गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 375
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् ।

    गत माघ २३ मा स्थगित भएको संवाद यात्रा महामन्त्री थापाले १५ चैतबाट सुरु गर्न लागेका हुन् ।



    १३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो ।



    १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।

    बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो ।

    स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए । पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो ।

    पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो ।

    बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार