Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उत्तर पुस्तिका हराएपछि पुनः परीक्षा लिँदै त्रिवि, परीक्षा तालिका सार्वजनिक !

    उत्तर पुस्तिका हराएपछि पुनः परीक्षा लिँदै त्रिवि, परीक्षा तालिका सार्वजनिक !

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौँ । स्नातक तह प्रथम वर्षको उत्तर पुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षा गर्ने भएको छ ।

    स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो ।



    चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो ।



    सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन् । चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो ।

    चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार