Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेस सभापति देउवालाई प्रचण्डको आग्रह – राष्ट्रिय मुद्दाहरूमा मिलेर अघि बढौं

    कांग्रेस सभापति देउवालाई प्रचण्डको आग्रह – राष्ट्रिय मुद्दाहरूमा मिलेर अघि बढौं

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 297
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय मुद्दामा मिलेर जान प्रस्ताव गरेका छन् ।

    कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।



    भेटवार्तामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्ला‌ई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको थियो ।



    राष्ट्रिय मुद्दाहरूमा सबै दल मिलेर अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा देउवा पनि सकारात्मक देखिएका थिए ।

    प्रधानमन्त्री प्रचण्ड भने,’राष्ट्रिय मुद्दाहरूमा सत्तापक्ष र प्रतिपक्ष नराखौं, मिलेर अघि बढौं। खासगरी अदालतबाट समेत आदेश आइसकेको सन्दर्भमा टीआरसीलाई अघि बढाउने, विधेयक अधिवेशनमा त्यति धेरै विधेयकहरू अघि नबढेकाले अब बढाऔं ।’

    भेटवार्ताको क्रममा संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको थियो । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत नाम मुछिएको विषयमा संसद्‌मा प्रश्न उठाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार