Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बजेट मागेर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री  प्रचण्ड

    बजेट मागेर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री  प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 255
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मागेर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

    राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री  प्रचण्डले यस्तो बताएका हुन्।



    उनले हरेक आर्थिक वर्षमा विकासका लागि बजेट मागिरहने तर, खर्च नगर्ने प्रवृत्तिमाथि प्रश्न उठए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको पूँजीगत खर्च समग्रमा कम रहनु हाम्रो लागि चिन्ताको विषय हो। पूँजीगत शीर्षकमा विनियोजन भएको सबै बजेट पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा गम्भीर भएर सोचौं । यो समस्याको समाधान यस आवको बाँकी अवधिमा गर्नैपर्छ । पूँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन ? ’

    पूँजीगत खर्च बढाउन विभिन्न उपायहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको परिप्रेक्ष्यमा उपलब्ध भएको बजेट पूर्णरूपमा खर्च हुनेगरी विकास निर्माणका कार्यको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिए।

    सरकारले गर्ने खर्चमार्फत अर्थतन्त्रमा बहुआयामिक असर तथा अवसर सिर्जना उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, सहकारी क्षेत्र, समुदाय र विकास साझेदारको स्रोतसाधन परिचालन गर्न पनि तोकिएको खर्च समयमै गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार