Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार

    सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 264
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सुधार भएको छ ।

    बिहीबार बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर २०३५.६४ को बिन्दुमा बन्द भएको हो । सातामा चार कारोबार दिन बजार खुलेकोमा मंगलबार र बिहीबार नेप्से बढेर बन्द हुँदा सोमबार र बुधबार दोहोरो अंकले घटेको थियो ।



    बिहीबार बैंकिङ, होटल तथा पर्यटन सहित लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसूचकमा गिरावट हुँदा त्यसबाहेकका सबै उपसूचक बढेका छन् । नेप्सेमा समान्य वृद्धि हुँदा २ अर्ब ६२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।



    ५३ हजार १ सय ११ कारोबारमा ६५ लाख ४७ हजार ६ सय ३४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    आज भएको कारोबारमध्ये हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र सर्वोत्तम सिमेन्टको सेयरमूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ८.७३ प्रतिशतले बढेको छ ।

    उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्तको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार