Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सशस्त्र प्रहरीका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

    सशस्त्र प्रहरीका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 3.1K
    SHARES

    काठमाडौँ । सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    बिहीबार बसेको बढुवा समितिको बैठकले वरिष्ठ उपरीक्षक एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरिएको हो ।



    सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार अधिकारीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले सूचनामा मार्फत जानकारी दिए ।



    बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूले ऐ नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

    बढुवाको प्रक्रिया सुरु गरेको डेढ महिनापछि एसएसपी अधिकारीलाई डीआईजी बढुवामा सिफारिस गरिएको हो । गत फागुनको पहिलो साता सशस्त्र प्रहरी बलले बढुवाका लागि सूचना निकालेको थियो । जसमा पाँच एसएसपीले फर्म भरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार