Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विद्यार्थीबाट रकम उठाएर झण्डै ९ लाख भ्रष्टाचार, लेखापालसहित दुई जनाविरुद्ध मुद्दा दायर

    विद्यार्थीबाट रकम उठाएर झण्डै ९ लाख भ्रष्टाचार, लेखापालसहित दुई जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 333
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले विद्यालयका तत्कालीन लेखापाल चुडामणि पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदीश चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।



    अख्ति यारले शैक्षिक सत्र २०७२ / २०७३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट निजी स्रोत शिक्षकलाई तबल खुवाउने बहनामा विभिन्न शीर्षकमा चर्को शुल्क लिइ अनियमितता गरेको जनाएको छ ।



    अख्तियारले तत्कालीन लेखापाल पोख्रेल र अध्यक्ष चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको हो।

    तत्कालीन लेखापाल पोख्रेलले लेखा श्रेस्ता दुरूस्त नराखेको,रसिदको प्रयोग नगरी रकम लिएको,विद्यार्थीबाट उठाएको रकम मनोमानी खर्च गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

    पोखरेलले विद्यार्थीबाट उठेको ८ लाख ९२ हजार दुई सय ६७ रुपैयाँ ७० पैसा बराबरको रकम विद्यालय व्यवस्थापन समितिलाई कुनै पनि हिसाब नदेखाएको र बैंकमा डिपोजिट समेत नगरी हिनामिना गरेको देखिएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफूखुसी २ लाख २० हजार रुपैयाँको चेक काटी रकम निकासा गरेको र निकासा भएको खर्चको विवरणसमेत नराखेको पाइएको अख्तियारले जनाएको छ।

    उनीविरुद्ध सोही रकम बराबरको विगो माग गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार