Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन

    सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 303
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्।

    अर्थमन्त्री पुनले सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।



    आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार गठन भएको मस्यौदा लेखन समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।



    शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् भने शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन्।

    विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार