Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रक्षामन्त्री उप्रेती भन्छन् – भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकको अस्तित्व रक्षा गर्न सकिन्न

    रक्षामन्त्री उप्रेती भन्छन् – भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकको अस्तित्व रक्षा गर्न सकिन्न

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 669
    SHARES

    काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डतासँग अन्योन्याश्रित मात्र नभई सुशासन र विकासको पूर्वशर्त भएको बताएका छन् ।

    रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित १६ दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन समारोहमा बोल्दै रक्षामन्त्री उप्रेतीले सो कुरा बताएका हुन् ।



    उनले भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकको अस्मिता र अस्तित्वको रक्षा तथा नागरिकलाई भयरहित वातावरण सुनिश्चित गर्न नसकिने धारणा राखे ।



    सुरक्षा बहुआयामिक, अन्तरसम्बन्धित र बहुनिकायसँग सम्बन्धित सरोकार राख्ने विषय उल्लेख गर्दै उनले सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायहरूबीच साझा धारणा बनाउन निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार