Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एमाले रुकुम पश्चिमको अध्यक्ष पदमा पुनः देवकोटा चयन

    एमाले रुकुम पश्चिमको अध्यक्ष पदमा पुनः देवकोटा चयन

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 381
    SHARES

    रुकुम पश्चिम । नेकपा एमाले रुकुम पश्चिमको अध्यक्ष पदमा पुनः नन्दराम देवकोटा चयन भएका छन् ।

    जिल्ला पार्टी कार्यालयमा चार दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।



    उनको अध्यक्षतामा आठ जनापछि थप्ने गरी ६९ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेश हमालले जानकारी दिए ।



    उपाध्यक्षमा पुनः मनवीर घर्ती र सचिवमा पनि पुनः शशिराम नेपाली निर्वाचित भएका छन् ।

    यस्तै सहसचिवमा ब्युझ्ना पुनःदेवकोटा र तिलक बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् भने पलबहादुर खड्काको संयोजकत्वमा लेखा समिति पनि निर्विरोध चयन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार