Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बरोडाविरुद्ध नेपाललाई तेस्रो झड्का, कप्तान पौडेल ‘रन आउट’

    बरोडाविरुद्ध नेपाललाई तेस्रो झड्का, कप्तान पौडेल ‘रन आउट’

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 483
    SHARES

    काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग आफ्नो तेस्रो विकेट गुमाएको छ ।

    भारतको स्टेट टीम बरोडासँग टस हारेर ब्याटिङ गरिरहेको नेपालले १० ओभरमा ६० रन बनाउँदै तेस्रो विकेट गुमाएको हो ।



    नेपालका ओपनर कुशल भुर्तेल, कप्तान रोहित पौडेल र आसिफ शेख आउट भएका हुन् । कुशल तीव्र गतिका बलर बाबा खानको तेस्रो ओभरको अन्तिम बलमा विकेटकिपर अमित पासीबाट ११ बलमा १ चौकासहित ९ रनमा क्याच आउट हुन पुगे ।



    पाँचौं ओभरको दोस्रो बलमा बाबाले नै आसिफ शेखलाई ९ रनमा कप्तान विष्णु सोलांकीबाट मिडअफमा क्याच आउट गराए । उनले १२ बलमा १ चौका प्रहार गरे । अहिलेनेपालका अनिल शाह र गुल्सन झा क्रिजमा छन् ।

    नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार