Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बरोडाविरुद्ध नेपालको खराब ब्याटिङ प्रर्दशन

    बरोडाविरुद्ध नेपालको खराब ब्याटिङ प्रर्दशन

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 372
    SHARES

    काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा नेपालले बरोडासँग खराब ब्याटिङ प्रदर्शन गरेको छ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १७ ओभरमा ५ विकेट गुमाउँदै १२८ रन बनाएको छ ।



    नेपालका सन्दीप जोरा र कुशल मल्ल क्रिजमा छन् । अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए ।



    उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे ।

    गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए ।त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९-९ रनमा गुमाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार