Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण विजयी

    एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण विजयी

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 435
    SHARES

    सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको १०औ जिल्ला अधिवेशनबाट अधयक्षमा होमनारायण श्रेष्ठ विजयी भएका छन् ।

    आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार गाउँपालिका महासंघका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले अर्का उम्मेदवार निवर्तमान अध्यक्ष कमल नेपाललाई १४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।



    श्रेष्ठले ३ सय ६३ मत ल्याएका थिए भने नेपालले ३ सय ४९ मत ल्याएका थिए। उपाध्यक्षमा नेपाल प्यानलका अर्जुन भण्डारी निर्वाचित भएका छन्। भण्डारीले ३ सय ४५ मत पाउदा उनका प्रतिष्पर्धी श्रेष्ठ प्यानलका विष्णुमणी आचार्यले ३ सय ७ मत ल्याएका थिए।



    त्यस्तै सचिवमा पनि नेपाल प्यानलकै कृष्णगोपाल तामाङ निर्वाचित भएका छन् । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि सोमबार निर्वाचन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार