Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ३३ हजार

    सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ३३ हजार

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 531
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

    मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको हो।



    बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ।



    जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो ।

    यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

    मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार