Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

    गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 522
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलमा गुजरातलाई आठ रनले हराएको छ ।

    जारी शृङ्खलामा नेपालले हासिल गरेको यो लगातार तेस्रो जित हो । नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १७३ रनमात्र बनाउनसक्यो।



    गुजरातका लागि उमंग रोहित कुमारले सर्वाधिक ४७ रन बनाए भने हर्ष के देसाईले २९ रन बनाए। नेपालका लागि कुशल मल्लले २ र सोमपाल कामीले २ विकेट लिए।



    त्यसअघि नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १८१ बनाएको थियो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेलेका थिए। कुशल ६७ रन र आसिफ ८५ रन बनाएर पेभेलियन फर्किएका थिए।

    अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालले यसअघि गुजरात र बरोडालाई हराइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार