Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल प्रहरीका दुईजना डीएसपीको सरुवा

    नेपाल प्रहरीका दुईजना डीएसपीको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 5.8K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षकहरूको सरुवा भएको छ ।

    प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा गरेका हुन् ।



    लागू औषध नियन्त्रण ब्युरो कार्य शाखा कोटेश्वरमा कार्यरत रंजितकारलाई नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टेलिजेन्स शाखाका घिमिरेलाई नेपाल प्रहरी सिंहदरवार सुरक्षा गण, काठमाडौँमा सरुवा गरिएको हो ।



    केही दिन अघि भएको बढुवासँगै रिक्त हुन आएको पदमा सरुवा गरिएको हो । यस्तै प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपीहरुको पनि काज सरुवा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार