Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे निर्वाचित

    एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 249
    SHARES

    स्याङ्जा । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् ।

    गैह्रेसँगै उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भए हुन् ।



    गैह्रे यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइनेछ ।



    नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो ।

    एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार