Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कोशीमा वैकल्पिक सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष निवेदन

    कोशीमा वैकल्पिक सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष निवेदन

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 375
    SHARES

    विराटनगर। कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन् ।

    एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार गठनको पहल सुरू गरेका हुन् । कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ ।



    एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । हिक्मतलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदको हस्ताक्षर प्रदेश प्रमुख कार्यालयमा पुगेको छ ।



    गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत कुल ४७ जना सदस्यको समर्थनका आधारमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको जिकिर गरिएको छ ।

    कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले औपचारिक आव्हान नगर्दै गठबन्धनले दाबी प्रस्तुत गरेको हो । मुख्यमन्त्री कार्की राजीनामा पनि नबुझाउने र विश्वासको मत पनि नमाग्ने अडानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार