Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ५ लाख ३५ हजार रकम लुटेर फागेका दुईजना प्रहरी फन्दामा, १ लाख २ हजार बरामद

    ५ लाख ३५ हजार रकम लुटेर फागेका दुईजना प्रहरी फन्दामा, १ लाख २ हजार बरामद

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 2K
    SHARES

    धरान । सुनसरीमा रकम लुटेर फरार भएका दुईजना पक्राउ परेका छन् ।

    जिल्लाको इनरूवा नगरपालिका ९, चाइनिज स्कुल नजिकै एकान्तबाटोबाट रकम लुटेर फरार भएका भोक्राहानरसिंह गाउपालिका ५ का २९ वर्षीय मो.इब्रान मन्सुरी मियाँ र वडा नम्बर ४ का ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् ।



    यही चैत २१ गते जग्गा बिक्री गरेर घर फर्कदै गरेका सुनसरीको हरिनगरा गाउँपालिका २ का ६१ वर्षीया सहिरा मिया र उनको नाति ३० वर्षीय आशिफ अंसारीको साथबाट ५ लाख ३५ हजार रुपैयाँ लुटेर फरार भएका थिए ।



    सुनसरीका अनुसार उनीहरूले प्रयोग गरेको को प्र १-०२-०४५ प १६६८ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।

    उनीहरुले लुटेको रकममध्ये लुटिएको मध्ये प्रतिव्यक्ति ५१ हजारका दरले जम्मा एक लाख २ हजार रकम बरामद गरिएको बताइएको छ ।

    पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सुनसरीमा प्रस्तुत गरी ६ दिनको म्याद थप अनुमति लिई घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार