Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न वितरण गर्ने

    निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न वितरण गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 219
    SHARES

    काठमाडौं । वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ ।

    अन्तिम नामावली प्रकाशित भएपछि आजै उनीहरुलाई चुनाव चिह्न वितरण गरिने छ ।



    प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।



    त्यसका लागि चैत २५ गते उम्मेदवारी दर्ता भएको थियो । २६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझको दिन तोकिएको थियो ।

    तर कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

    त्यसैले इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवारको नामावली प्रकाशन भइसकेको छ ।

    अब ती उम्मेदवारहरुमध्ये कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आज चैत २७ गते फिर्ता लिन सक्ने छन् । उम्मेदवारी फिर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ ।

    त्यसपछि आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार