Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • २८ लाखभन्दा बढी भ्रष्टाचार गर्ने ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    २८ लाखभन्दा बढी भ्रष्टाचार गर्ने ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 603
    SHARES

    काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा पोखरेलसहित ८ जनाविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।



    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो कायम गरी उनीहरूलाई बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार