Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एमाले जाजरकोटको अध्यक्षमा शाही निर्वाचित

    एमाले जाजरकोटको अध्यक्षमा शाही निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 219
    SHARES

    जाजरकोट । नेकपा एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन्।

    निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन्।



    मंगलबार भएको मतदानबाट शाहीले १ सय ९४ प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी शाहीले १ सय ८६ मत पाएका थिए।



    दुई प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका नरेन्द्रलाई केन्द्रीय सदस्य निरज आचार्यको साथ रहेको थियो ।

    खिमबहादुरलाई अर्का केन्द्रीय सदस्य भैरब सुन्दर श्रेष्ठको साथ रहेको थियो।

    नरेन्द्र प्यानलबाट अध्यक्ष र उपसचिव निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव र महिला उपसचिव खिमबहादुर प्यानलका निर्वाचित भएका छन्।

    शाही यस अघि शिवालय गाँउपालिकाका अध्यक्ष हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार