Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लखनउमाथि दिल्लीको सानदार जित

    लखनउमाथि दिल्लीको सानदार जित

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 579
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ।

    लखनउ सुपर जाइन्टमाथि दिल्लीले ६ विकेटको जित निकालेको हो।



    टस जितेर पहिला ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १६७ रन बनाएको थियो।



    १६८ रनको चुनौती पाएको दिल्लीले १८.१ ओभरमा ४ विकेटको क्षतिमा १७० रन बनाउँदै ६ विकेटको शानदार जित निकालेको हो।

    शुक्रबारको खेलमा विजयी भएसँगै दिल्लीले ६ खेलमा दुई जितसहित ४ अंक जोडेको छ। दिल्ली अन्तिमबाट दोस्रो स्थानमा छ।

    पाँच खेल खेलेको लखनउ तीन जितसहित ६ अंकका साथ तालिकाको चौंथो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार