Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आईपीएल : लखनउमाथि कोलकोताको सहज जित

    आईपीएल : लखनउमाथि कोलकोताको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 432
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

    आइतबार सम्पन्न खेलमा कोलकोताले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।



    लखनउले दिएको १६२ रनको लक्ष्य पछाएको कोलकोताले १५.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।



    कोलकोताका लागि फिल साल्टले अविजित ८९ र कप्तान श्रेयस अय्यरले अविजित ३८ रन बनाएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

    यो जारी आईपीएलमा कोलकोताको पाँचौं खेलमा चौथो जित हो । यो जितपछि कोलकोताको ८ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार