Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई महिला पक्राउ

    नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई महिला पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 618
    SHARES

    काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    झापाको झापा गाउँपालिका-१ घर भई चावहिलमा फ्रेण्डसिप ब्यूटी एण्ड स्पा सञ्चालगर्ने ३४ वर्षीया पूजा लोवा र चितवनको वीरेन्द्रनगर घर भई हाल काठमाडौंको गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भन्ने ओम कुमारी पुन पक्राउ परेका हुन् ।



    मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले लोवालाई चावहिल र पुनलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो ।



    पीडित नाबालिका जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (२८२) लाई पुर्वी नवलपरासीस्थितको एक रेष्टुरेण्ट तथा काठमाडौं ७ चावहिलमा रहेको फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा टोलीले त्यहाँ छापा हानेको थियो ।

    उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार