Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • धनजितलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

    धनजितलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 492
    SHARES

    काठमाडौं । छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा दिक्तेल रुपाकोट मझुवागढी–११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई छन् ।



    उनीहरुमाथि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोप छ ।



    गएको शनिबार राति आपसी वादविवादका क्रममा धनजितलाई उनीहरूले शरीरको विभिन्न भागमा छुरा प्रहार गरेर भागेका थिए । छुरा प्रहारबाट घाइते राईको घटनास्थलमा नै मृत्यु भएको थियो ।

    सोमबार बिहान दिक्तेल रुपाकोट मझुवागढी–१० मा लुकेर बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार