Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हैदरावादले फेरि बनायो आईपीएलकै कीर्तिमानी योगफल

    हैदरावादले फेरि बनायो आईपीएलकै कीर्तिमानी योगफल

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुसामु २८८ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।

    दुई साताअघि आफैले बनाएको २७७ रनको रेकर्ड तोड्दै हैदरावादले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरुमाथि ३ विकेटको क्षतिमा २८७ रन जोडेको हो।



    आइपिएल इतिहासकै सर्वाधिक स्कोर बनाएको हैदरावादका लागि अस्ट्रेलियन ब्याटर ट्राभिस हेडले शतक प्रहार गरे। उनले ४१ बलमा १०२ रन बनाउने क्रममा ९ चौका र ८ छक्का प्रहार गरे।



    अभिषेक शर्माले २२ बलमा ३४ रन जोड्दा हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६७ रन जोडे।

    एडिन मक्रमले १७ बलमा नटआउट ३२ रन र अब्दुल समादले १० बलमा नटआउट ३७ रन जोड्दा ४ चौका र ३ छक्का प्रहार गरे।

    हैदरावादले कीर्तिमानी २२ छक्का र १९ चौका प्रहार गर्‍यो। यसअघि हैदराबादले यसै सिजन मुम्बई इन्डियन्सविरुद्ध २७७ रन बनाउदै यो कीर्तिमान कायम गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार