Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • साउदीविरूद्ध बलिङ गर्दै नेपाल, खेल ८ ओभरमा झारियो

    साउदीविरूद्ध बलिङ गर्दै नेपाल, खेल ८ ओभरमा झारियो

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 342
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरको हुने भएको छ ।

    मंगलबार राति भएको वर्षाका कारण खेल ढिलो गरी हुँदा ओभर घटाइएको हो। खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ।



    अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।



    नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।

    समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्।

    १० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४-४ अंक छ।

    अहिलेको अवस्थामा नेपालले कुवेत वा युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

    नेपालले तीव्र गतिका बलर सोमपाल कामीलाई आज विश्राम दिएको छ । उनको स्थानमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसी खेलेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार