Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाललाई पहिलो ओभरमै सफलता, करणले लिए दुई विकेट

    नेपाललाई पहिलो ओभरमै सफलता, करणले लिए दुई विकेट

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 459
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दोस्रो विकेट गुमाएको छ ।

    साउदी अरेबियाको दोस्रो विकेट पनि करण केसीले लिएका हुन् । उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनमा र अब्दुल मनान अलीलाई क्याच आउट गराए ।



    करणले साउदी अरेबियाका तेस्रो नम्बरका ब्याट्सम्यान अब्दुल वाहिदलाई ११ रनको ब्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच गराएका हुन् । २.१ ओभरमा अब्दुल वाहिद आउट हुँदा साउदी अरेबियाले २० रन बनाएको छ ।



    साउदी अरेबियाको पहिलो विकेट पनि करण केसीले नै लिएका थिए । उनले साउदी अरेबियाका ओपनर ब्याट्सम्यान फैसल खानलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराए ।

    नेपालले टस जिती साउदी अरेबियालाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल आठ–आठ ओभरमा खेलाइँदै छ ।

    नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, विहान ११ः४५ बजे सुरु हुने कार्यक्रम थियो । तर, अघिल्लो रातको वर्षाका कारण आउट फिल्ड खेल्न योग्य नभएकाले खेल सुरु हुन ढिलो भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार