Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने

    एसीसी प्रिमियर कप: तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 387
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ।

    आज भएको सेमिफाइनलमा पराजित भएका दुवै टिम तेस्रो स्थानका लागि शनिबार भिड्ने भएका हुन्।



    पहिलो सेमिफाइनलमा नेपाललाई युएईले पराजित गरेको थियो। शुक्रबार साँझ आयोजक ओमानले हङकङलाई दोस्रो सेमिफाइनलमा पाँच विकेटले पराजित गर्यो।



    शनिबार तेस्रो स्थान हात पार्न सके नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गर्नेछ।

    आज सेमिफाइनलमा पराजित भएसँगै नेपाल एसिया कप २०२५ का लागि भने छनोट हुन असफल भएको थियो।

    आइतबार ओमान र युएई बीचको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार