Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इलाम र बझाङका ६९ मतदान केन्द्र अतिसंवेदशील रहेको प्रहरीको निष्कर्ष

    इलाम र बझाङका ६९ मतदान केन्द्र अतिसंवेदशील रहेको प्रहरीको निष्कर्ष

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 261
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वैशाख १५ गते शनिवार हुन गइरहेको उपनिर्वाचनअन्तर्ग इलाम र बझाङमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ ।

    मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको हो ।



    इलाम २ मा प्रतिनिधिसभा र बझाङ१ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको छ। इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् भने बझाङमा ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् ।



    त्यसमा संवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिने छ । उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मात्रै अनुमति दिएका छन्।

    उपनिर्वाचनको सुरक्षा व्यवस्थाबारे प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरी सम्भावित खतराबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा समेत सचेत गराएको हो ।

    निर्वाचनको समयमा निर्वाचन विरोधी दल र समूहको गतिविधि, जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य, अफवाह फैलाउने, धाकधम्की दिने, अवरोध पुर्‍याउने जस्ता गतिविधि हुनसक्ने भएकाले त्यसलाई निस्तेज पार्न प्रहरी पूर्ण रुपमा तयार रहेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए ।

    मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भए वा विभिन्न दलबीच आपसमा झगडा तथा कुटपिट भई मतपेटिका वा मतपत्र बिग्रिने अवस्था भए प्रहरीले बल प्रयोग गर्ने समेत उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार