Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीको राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति, भन्यो - राजनीतिक प्रतिशोधपूर्ण

ओलीको राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति, भन्यो - राजनीतिक प्रतिशोधपूर्ण

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्न सिफारिस गरेको निर्णयप्रति कडा आपत्ति जनाएको छ ।

पार्टीले आयोगको निर्णयलाई ‘राजनीतिक प्रतिशोधपूर्ण’ भन्दै त्यसले आयोगकै विश्वसनीयता शंका पैदा गरेको दाबी गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते अध्यक्ष ओलीसहित नेताहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दसैँको अवसर पारेर राजनीतिक प्रतिशोधसहित गरिएको यो कदमप्रति एमाले गम्भीर आपत्ति प्रकट गर्दछ।'

एमालेले आयोगको सिफारिसलाई ‘मिडिया ट्रायलको निरन्तरता’ भन्दै यसले आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको आरोप लगाएको छ।

यस्तै, पार्टीले गृह मन्त्रालयले भदौ २४ गतेको विध्वंशकारी घटनामा संलग्न दोषीहरूलाई कारबाही नगर्न नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि असन्तोष व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको कानुनी अधिकारमाथि हस्तक्षेप मात्र होइन, अपराधीको मनोबल बढाउने आपत्तिजनक मनसाय बोकेको छ। एमाले यसप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077