Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडक खुल्यो

मुग्लिन–नारायणगढ सडक खुल्यो

सोमवार , आश्विन १३, २०८२

चितवन । मुग्लिन–नारायणगढ सडक दुई तर्फी नै खुलेको छ ।

तुइन खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसँगै सोमबार साँझ ६ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

झन्डै ६ घण्टा लामो प्रयासपछि पहिरो पन्छाउने काम सकिएको बताइएको छ ।

दिउँसोतर चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै ठुलो पहिरो खसेको थियो ।

जसले दसैंमा घर जान निस्किएका हजारौँ यात्रुहरू अलपत्र परेका थिए । पहिरो पन्छाउने काम सकिएसँगै दुई तर्फी नै सवारी चल्न थालेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077